बिग, बोल्ड र आकर्षक निशान म्यागनाईट नेपालमा लन्च हुँदै

होमल्याण्ड खबर

२०७७ फाल्गुन ४ गते, मंगलवार १५:५५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको भन्दै प्रहरीले प्युठानबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ( नेविसंघ) का नेता तुनाराम खत्री र कार्यकर्ता सागर जिएम छन् ।

प्युठानमा सरकारविरुद्ध भएको प्रदर्शनमा उनीहरुले अश्लील नारा लगाएको भन्दै ठाडो निवेदन परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी सुनिल मल्लले बताए । उनले सोधपुछका लागि नियन्त्रणमा लिएका दुवै जनालाई सोमबारै छाडिसकेको जानकारी दिए ।

 

उक्त विषयमा अहिले ओली पक्षका नेता, कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच इलाका प्रहरी कार्यालय, ढिंग्रीमा छलफल भइरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशभर आन्दोलनको कार्यक्रम गरिरहेको छ । सोही अनुरुप सोमबार प्युठानको सदरमुकाममा विरोध प्रदर्शन राखिएको थियो । उक्त कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजाल, डा. गोविन्द पोखरेल लगायत सहभागी थिए ।