४ मंसिर २०८१, मंगलवार
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आजपनि अदालतका सहयोगी (एमिकस क्युरी) ले बहस गर्दैछन् ।
प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका १३ रिट निवेदकका पक्षबाट सोमबार जवाफी बहस सकिएपछि मंगलबारबाट एमिकस क्युरीको बहस सुरू भएको हो।
पहिलो दिन मंगलवार बद्रीबहादुर कार्कीले राय दिएका थिए। यस्तै हिजो सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिएका थिए । आज एमिकस क्युरीका बाँकी अधिवक्ता बहसमा सहभागी हुनेछन् ।
एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् । उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा परेका १३ वटा रिट रिट परेका छन्।
माघ ४ गतेदेखि उक्त रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा निरन्तर रुपमा बहस भइरहेको छ ।