४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दाको लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा जाने भएका छन्।
प्रधानमन्त्री ओली बिहान साढे ११ बजेमुद्दाको लिखित जवाफ बोकेर सर्वोच्च जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन सबन्धी संवैधानिक इजलासमा भईरहेको बहसलाई ‘तमसा’ भनेको तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बुढा बाजे वकिल’ भनेका थिए । त्यपछि वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीविरुद्ध गत माघ ११ गते अपहेलनाको मुद्दा पेश गरेका थिए।
अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा उनले मुद्दा हालेका हुन्।
गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायाधाीशहरु तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
सो आदेश अनुसार पूर्वप्रधानन्यायधिस अनुपराज शर्मा, मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशिला कार्कीले जवाफ दिईसकेका छन् भने आज प्रधानमन्त्रीले लिखित जवाफ पेश गर्नेछन् ।