४ मंसिर २०८१, मंगलवार
नेकपा प्रचण्ड–माधव केन्द्रीय सदस्यहरु आफ्नो नागरिकता बोकेर सो समूहको पार्टी कार्यालय पेरिसडाँडामा भेला भएका छन् । त्यहाँ आकस्मिक बैठक बसी हस्ताक्षर संकलन गरेर शुक्रबार नै निर्वाचन आयोग घेर्न जाने तयारी गरिएको छ ।
नागरिकता नै बोकेर आउने कडा निर्देशन आएपछि केन्द्रीय सदस्यहरु पेरिसडाँडामा भेला भएका हुन् । सुर्य चिन्ह आफ्नो पक्षमा ल्याउन उक्त समूहले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको नागरिकता र हस्ताक्षर आयोगमा प्रस्तुत गर्न लागेको हो ।
उक्त समूहले आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्यहरुको समर्थन रहेकाले आधिकारिकता दिनुपर्ने दाबी गर्दै आएको छ । तर, आयोगले नेकपाको दुईवटै समूहलाई आधिकारिकता दिन अनकनाउँदै आएको छ ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै अलग्गिएको प्रचण्ड–माधव समूह ओलीको कदमविरुद्ध आन्दोलनमा रहेको छ ।