४ मंसिर २०८१, मंगलवार
आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ( विप्लव समूह) बारे छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा २०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए ।
उनले एक–दुई दिनभित्रै वार्ता आह्वान हुने बताए । यस्तै आजको बैठकमा अन्य नियमित एजेन्डामा छलफल भएको बताए ।
मन्त्रिपरिषद् बैठक अघि आजै प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो ।
उक्त बैठकमा पनि विप्लवकै गतिविधिबारे छलफल गरेको थियो । मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ।