४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने तर संसद बाेलाउन तयार रहेकाे बताइएकाे छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेसँगै प्रधानमन्त्रीकाे राजीनामाका लागि चौतर्फी दबाब बढे पनि उनले तत्काल राजीनामा नगर्ने तर संसद्को फेस गर्ने तयारी गरेकाे उनका निकट एक नेताले बताएका हुन्।
उनले सर्वोच्चको फैसलाअनुसार संसद्को बैठक बोलाएर संसद्मै ‘फेस’ गर्ने तयारी गरेको उनकाे भनाइ छ । उनले भने, ‘सर्वोच्च अदालतले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर भनेको छ र ?’
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को बैठक बोलाउनुहुन्छ । सर्वोच्च अदालतले तोकेको समयभित्रै संसद् बैठक बस्छ । अब जे गर्ने हो त्यो सबै काम संसद्ले गर्छ, उनले भने ।
नेकपा अहिलेसम्म कानुनीरुपमा विभाजन नभइसकेको उनकाे तर्क छ। उनले भने, कानुनीरुपमा हामी अझै एक छौँ तर व्यवहारिकरुपमा छैनौँ । हामीभित्र समस्या त छ तर त्यसको समाधान कसरी गर्ने भन्ने पनि गृहकार्य हुँदैछ ।’