४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सर्वोच्चको आदेशबमोजिमनै संसद बैठक आह्ववान गर्ने निष्कर्ष निकालेको परराष्ट्रमन्त्री एवं ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रवक्ता ज्ञवालीले आवश्यक परामर्शपछि मात्रै प्रधानमन्त्री ओलीले राजीनामा दिने वा नदिनेबारे निर्णय लिने बताए । प्रवक्ता ज्ञवालीले राजीनामापछिको अवस्था सुनिश्चित नभइ ओलीले अहिले राजीनामा नगर्ने स्पष्ट पारे ।
आजको बैठकले संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक तत्कालै बोलाउने निर्णय गरेको उनले जानकारी दिए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि अब के गर्ने भन्नेबारे सामूहिक निर्णय गर्न ओली समूहले बैठक बोलाएको थियो।