४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने सम्भावना शून्य बराबर रहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा प्रचण्ड र नेपालप्रति कटाक्ष गर्दै थापाले दुईजनाको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य बराबर रहेको बताएका हुन् ।
प्रचण्ड र नेपालको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्छ भन्नु ‘गोरु ब्याएर बिगौती खान खोजेजस्तो मात्रै’ भएको पनि थापाले टिप्पणी गरेका छन् ।
‘पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको नेतृत्व (प्रधानमन्त्रीत्व)मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात असम्भव नै छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो गोरु ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो । कान्तिपुर नगरी परिक्रमाले देखाएको, अरु हेर्दै जाऔं ।’
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै विघटनको निणर्य बदर गरिदिएको छ ।
मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापना हुने फैसला सुनाएपछि थापाले नै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका थिए । प्रधानमन्त्रीले संसद फेस गर्ने, तर राजीनामा नदिने थापाको भनाइ थियो ।