नेकपा नाम विवादबारे सर्वोच्चमा बहस, आजै फैसला आउने सम्भावना

होमल्याण्ड खबर

२०७७ फाल्गुन १३ गते, बिहीबार १५:२५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा परेको रिट निवेदनमा सर्वोच्चमा सुनुवाई भइरहेको छ ।

न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस प्रारम्भ भएको हो। उक्त मुद्दामा आजै फैसला आउने सम्भावना रहेको बताइएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो । त्यसबेलामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राखेर निर्वाचन आयोगमा दर्ता गरिएको थियो ।

त्यसपछि ऋषि कट्टेलले आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा नेकपा दर्ता रहेको भन्दै नेकपा नाममा दावी गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए ।

केपी शर्मा ओली र प्रचण्ड माधव नेपाल पक्षमा विभाजित बनेको सत्तारुढ दल नेकपामा कसले आधिकारिकता पाउने भन्ने विवाद जारी रहँदा सर्वोच्चमा जारी बहसलाई राजनीतिक रुपमा चासोका साथ हेरिएको छ ।