अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च पुगे दाहाल

होमल्याण्ड खबर

२०७७ फाल्गुन १६ गते, आईतवार ११:४८ मा प्रकाशित

नेकपा प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ अदालतको अपहेलना मुद्दाको लिखित जवाफ सहित सर्वोच्च अदालत पुगेका छन् । उनी अवहेलना मुद्दामा लिखित जवाफ दिन केहीबेरअघि अदालत पुगेका हुन् ।

प्रचण्डले गत माघमा विराटनगरको सभामा अदालतमा विचाराधीन मुद्दाका विषयमा दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका थिए।

प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदक हायूको आरोप छ । प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताएका थिए।

उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जवाफ लिएर प्रचण्ड अदालत जान लागेका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वोच्चमा उपस्थित रहेरअदालतको अपहेलना मुद्दाको लिखित जवाफ दिइसकेका छन्।