४ मंसिर २०८१, मंगलवार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गर्ने भएको छ ।
सरकारले आजै विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता टोली बनाउने तयारी गरेको हो।
विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बन्ने बताएको छ ।
दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापामा आयोजित कार्यक्रममा विप्लव नेकपासँग छिट्टै वार्ता हुने बताएका थिए।
पार्टी महासचिव विप्लवले पनि वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यसपछि सरकारले वार्ता समिति बनाएको छ ।