४ मंसिर २०८१, मंगलवार
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक आह्वान गरेको हो ।
गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको संसद् फागुन ११ गते सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित भएको थियो ।
प्रतिनिधिसभा पुनःस्थापित भएको १३ दिनभित्र संसद वैठक बोलाउने सर्वोच्चको आदेश अनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद वैठक आह्वान गरेकी छन् । सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने कांग्रेसका नेताहरु बताउँछन् ।
सत्तारुढ नेकपामा दुई समूह भइसकेकाले उनीहरु एक्लैले सरकार बनाउन नसक्ने अवस्थामा सरकार गठनका लागि नेपाली कांग्रेस निर्णायक शक्ति बनेको छ । यस्तो बेला कांग्रेसले गर्ने निर्णयबाट नै नयाँ सरकारको खाका तयार हुनेछ।