एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै ओली र विप्लव

होमल्याण्ड खबर

२०७७ फाल्गुन २० गते, बिहीबार १२:१० मा प्रकाशित

 भाेलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एकै मञ्चबाट सम्बाेधन गर्ने भएका छन् । सरकार र विप्लवबीच आज भएकाे तीन बुँदे सहमति पश्चात प्रधानमन्त्री ओली र विप्लव संयुक्त सम्बोधन गर्ने भएका हुन् ।

वार्ता समितिका संयोजकद्वय रामबहादुर थापा बादल र प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, ‘सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड विप्लवले सम्बोधन गर्नुहुनेछ।’

विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस नोटमा उल्लेख गरिएको छ।