४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच बालुवाटारमा भेटवार्ता भएको छ ।
सरकारी वार्ता टोली र चन्द समूहबीच भएको सम्झौता अनुसार सार्वजनिक हुन नवलपरासीबाट काठमाडौँ आइपुगेका चन्दले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । विप्लव प्रधानमन्त्रीसँग भेटवार्ताका लागि बालुवाटार पुगेका थिए ।
नवलपरासीबाट आएसँगै पार्टीका नेताहरुसँग छलफल गरेर विप्लव वालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा विप्लवसहित वार्ता टोलीका सदस्य प्रकाण्ड र दिपक थिए भने सरकारी वार्ता टोलीका सदस्य गृहमन्त्री रामबहादुर थापा, राजन भट्टराई सहभागी थिए ।
छलफलपछि प्रधानमन्त्रीसहित विप्लव राष्ट्रियसभा गृह पुग्नेछन् । जहाँ नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह हुँदैछ । ओली र चन्दले केहीबेरमा सोही समारोहमा सम्बोधन गर्नेछन् । सरकार र चन्द समूहबीच तीनबुँदे सहमति भएको छ ।