४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकोे संसदीय दलको नेता परिवर्तनको सूचना संसद सचिवालय दर्ता भएको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।
उक्त बैठकको सूचना दिन प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेका थिए ।
महासचिव गौतमले सूचना दर्ता गराउन पुगेका नेताहरुलाई सुरुमा कानूनी रुपमा सल्लाह गरेर अगाडि बढ्ने बताएका थिए । तर सांसदहरु पम्फा भुसाललगायतले दर्ता नगर्नुको कारण लेखेर दिन माग गरेपछि अन्ततः प्रच०ड–नेपालको निर्णय दर्ता भएको हो ।