प्रधानमन्त्री ओली हाँस्दै संसद भवन भित्र छिरे

होमल्याण्ड खबर

२०७७ फाल्गुन २३ गते, आईतवार १६:३३ मा प्रकाशित

संसद बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली हाँस्दै  संसद भवन गएका छन् ।

प्रधानमन्त्री ओली भर्खरै संसद भवन प्रवेश गरेका हुन् । अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक शुरु हुँदै छ ।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराई पनि संसद भवन पुगेका छन् ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै संसद बैठक बसेकाले सत्तारुढ पार्टीको विवाद नयाँ मोडतर्फ उन्मुख भएको छ ।

आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो ।