४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । संसद बैठक सुरु हुनुअघि नै संसद भवन नयाँ वानेश्वर आएका प्रधानमन्त्री ओली संसद बैठक सुरु हुनुअघि नै बाहिरिएका हुन् ।
प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठक शुरू नहुँदै किन बाहिरए भन्ने प्रष्ट भएको छैन । उनी गम्भीर मुद्रामा देखिन्थे । चार बजे शुरू हुने भनिएको बैठक पौने पाँच बजेसम्म पनि शुरू भएको छैन ।
आइतबार संसद अधिवेशन आह्वानसम्बन्धी र मन्त्रिपरिषद गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्ने, संसद नभएका बेला सरकारले ल्याएका विभिन्न ७ अध्यादेश पेश गर्ने र संसदका वर्तमान र पूर्व सदस्यको मृत्युमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।