४ मंसिर २०८१, मंगलवार
सर्वोच्च अदालतद्वारा आधिकारिकता खारेज गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक शुरु भएको छ । नेकपा नाम विवादको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलापछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक शुरु भएको हो ।
सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि प्रचण्ड–माधव पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।
स्थायी कमिटी बैठक अगाडि नेता नेपाल समूहको अलग्गै बैठक बसेको थियो । बैठकमा प्रचण्ड–नेपाल पक्षमा रहेका तत्कालीन एमालेबाट प्रतिनिधित्व गर्ने नेताहरु सहभागी भएका थिए ।