४ मंसिर २०८१, मंगलवार
निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आज पत्राचार गर्ने तयारी गरेको छ ।
आयोगले दुवै पार्टीलाई आ–आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई खारेज गरिदिएको थियो । सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो ।
आफ्नो नेतृत्वमा पहिल्यै नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्दै कट्टेल सर्वोच्चमा पुगेका थिए ।