४ मंसिर २०८१, मंगलवार
सर्वाेच्च अदालतकाे फैसलासँगै नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’ को नामबाट पार्टीको गतिविधि सुरु गरिएको छ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ।
मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड टाँगिएको हो।
सर्वोच्च अदालतले नेकपालाई खारेज गरी नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएसँगै एमालेका कार्यकर्ताले आफ्नो पार्टी कार्यालयमा गतिविधि सुरु गरेका हुन् ।
आइतबार सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको हाे ।