१० श्रावण २०८३, आईतवार
निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ।
आज बसेको आयोगको बैठकले सर्वोच्चको फैसालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन पत्र पठाउने निर्णय गरेको हो ।


यसअघि निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई २०७५ जेठ २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपां) नाममा दर्ता गरेको थियो । तर सर्वोच्च अदालतले गत आइतबार नेकपाको नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै खारेज गरेको थियो ।