४ मंसिर २०८१, मंगलवार
सत्ता सहकार्य लगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल गठन गरेका छन् । दुवै पक्षबीचको छलफलपछि कार्यदल बनेको हो ।
कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको बताइएको छ ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले १२१ सिटसहित संसदमा पहिलो दल छ । तर, बहुमतका लागि अर्को दलसँग मिल्नुपर्ने भएकाले जसपासँग एमालेको छलफल चलेको हो । जसपामा ३२ जना सांसद कायम छन् ।
सरकार सञ्चालका लागि १ सय ३८ सांसद आवश्यक हुन्छ । प्रधानमन्त्री ओलीको सरकारलाई अहिले नेकपा माओवादी केन्दव्रले समर्थन गरिरहेको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमपछि माओवादीले समर्थन छोडेमा जसपालाई सरकारमा ल्याउने बारे ओलीले छलफललाई तिव्रता दिएका छन् ।