संगठन निमार्णका लागि माओवादीद्वारा ४ सदस्यीय कार्यदल गठन

होमल्याण्ड खबर

२०७७ फाल्गुन २६ गते, बुधबार १३:२५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले संगठन निमार्णका लागि प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको छ

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले पार्टीको अहिलेको संगठनात्मक स्थितिको यथार्थलाई राखेर अबको संगठन निर्माणको योजनालाई ठोस रूप दिन अबको केही दिनभित्रै प्रतिवेदन तयार गर्ने गरी कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्त श्रेष्ठले बताए ।