४ मंसिर २०८१, मंगलवार
पुनःस्थापना पछि शुरु भएको हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकको शुरुमै प्रतिनिधि सभाका सदस्य तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पेस गरेका थिए ।
शोक प्रस्ताव पारित भएपछि सभामुख सापकोटाले अर्को बैठक चैत ३ गते मंगलबार दिनको १ बजे बस्ने गरी बुधबारको बैठक स्थगित गरेका हुन् ।