संसदीय प्रक्रियाले निकास नदिए ताजा जनादेशमा जान्छौँः  उपप्रधानमन्त्री पोखरेल

होमल्याण्ड खबर

२०७७ फाल्गुन २७ गते, बिहीबार ११:४१ मा प्रकाशित

 उपप्रधानमन्त्री एवम् नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए मुलुक ताजा जनादेशमा बताएका छन्।

वीरगञ्जमा आज भएको प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पोखरेलले संसद स्वभाविक प्रकृया अनुसार नचले मुलुक ताजा जनादेशमा जाने र त्यसका लागि तयार रहन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

उनले संसदमा विश्वासको मत ल्याउन नसकेपछि भने प्रधानमन्त्रीले राजीनामा दिनेसमेत बताए ।

सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा पुगेको र संसदले निकास नदिए जनादेशमा जानुको विकल्प नभएको उनको भनाइ छ ।

उनले माओवादी केन्द्रबाट एमालेमा आएका सम्पूर्ण नेताहरुलाई सम्मानजनक स्थान दिएर व्यवस्थापन गरिने समेत बताए।