४ मंसिर २०८१, मंगलवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संविधानमा भएका दलितहरुका अधिकार परिमार्जन गर्ने कि हत्या गर्ने भन्ने षडयन्त्र भइरहेको बताएका छन् ।
आज राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले मधेसी, आदिवासी, जनजाति, महिला, उत्पीडित क्षेत्रका हकमा संविधानमा भएको व्यवस्थालाई परिमार्जन गरेर जाने कि पछाडि फर्कने भन्ने बहस भइरहेको दाबी गरे ।
परिवर्तन उल्ट्याउन त्यसमा भूमिका खेल्ने नेताहरुलाई बद्नाम गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको उनको भनाइ छ ।
“परिवर्तन उल्ट्याउने अधिकार गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन खोजिदैँछ ,” उनले भने ।