संसदीय दलको बैठक अघि जसपाका शीर्ष नेता छलफलमा

होमल्याण्ड खबर

२०७७ फाल्गुन २८ गते, शुक्रबार १४:५३ मा प्रकाशित

संसदीय दलको बैठक अघि जनता समाजवादी पार्टीका शीर्ष नेता छुट्टै छलफलमा जुटेका छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयको अर्को कक्षमा छुट्टै छलफल चलिरहेको छ ।

छलफलमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने उपस्थित छैनन् । शीर्ष नेताहरूको छलफल सकिएपछि संसदीय दलको बैठक बस्नेछ। बैठकका लागि सांसदहरू दलको कार्यालय पुगिसकेका छन्।

बैठकमा बिहीबार एमालेका अध्यक्ष ओलीसँगको छलफलमा भएका कुराबारे शीर्ष नेताले जानकारी गराउनेछन् । बिहीबार साँझ जसपाका शीर्ष नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।
त्यस्तै संसदीय दलको बैठक सकिए लगत्तै जसपा नेताहरु देउवा निवास जानेछन् भने एमालेसँगको वार्तापनि आजैका लागि तय गरिएको छ ।

सत्ता समिकरणका लागि जसपा निर्णायक देखिएको छ ।