कोटेश्वरस्थिट पार्टी मुख्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादीले जनाएको छ ।
बैठकले ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टाभित्र फिर्ता आउन निर्देशन दिएको छ ।
एमालेले केन्द्रीय सदस्य बनाएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो कि होइन भन्नेबारे निर्णय दिन २४ घण्टाको समयसिमा तोकेर लिखित जवाफ मागसमेत गरेको छ ।
माओवादीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला स्थगित गरेको छ ।