४ मंसिर २०८१, मंगलवार
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, एमालेमा गएका नेताहरु तथा पार्टीको नामका बारेमा छलफल हुने बताइएको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेलको रहेको भन्दै साविकको नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई ब्युँताइदिए पछि राजनीति झनै जटिल बनेको हो ।
सर्वोच्चको फैसलापछि पनि पार्टीमा नफर्केका नेताहरुको नाम एमालेको केन्द्रीय समितिमा आएपछि माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई हिजो २४ घण्टे स्पष्टिकरण सोधेको थियो । विशेष गरी सोही विषयमा आजको बैठकमा छलफल हुने जनाइएको छ ।
यस्तै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गृहमन्त्र रामबहादुर थापा बादलसहितका ६ जना मन्त्रीलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन समेत दिइसकेको छ ।
अहिले गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । उनीहरु माओवादी केन्द्रका नेता हुन् ।