४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेको पार्टी निर्णय फिर्ता नहुने बताएका छन् ।
आज माधवकुमार नेपालसहित धुम्बाराहीमा भएको छलफलमा ओलीले यस्तो अडान राखेका हुन् ।
बैठकमा नेपाल पक्षले २८ गते बसेको भनिएको केन्द्रीय कमिटीको बैठकको निर्णय नमान्ने भन्दै फिर्ता लिनुपर्ने सर्त अघि सारेको थियो।
तर प्रधानमन्त्री ओलीले निर्णय फिर्ता नहुँने स्पष्ट पारेका छन् ।
यस्तै प्रधानमन्त्री ओलीले नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगन गर्न भनेका छन् ।