४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुबाटारमा आयोजना गरेको चियापान समारोह सुरु भएको छ ।
चियापन समारोहमा ओली समूहमा रहेका सबैजसो केन्द्रीय सदस्य तथा सांसदहरु पुगेका छन् भने नेता माधवकुमार नेपाल समूहमा रहेका केही सांसदहरु उपस्थित भएका छन् ।
माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका प्रभावशाली नेताहरु भने ओलीले आयोजना गरेको चियापान समारोहमा उपस्थित छैनन् ।
खनाल–नेपाल समूहले फागुन २८ गते अध्यक्ष ओलीले गरेको महासचिवबाहेकका पदाधिकारी खारेज र विभिन्न प्रदेश तथा संगठनमा नयाँ व्यक्ति नियुक्त गर्ने निर्णय खारेजी नभएसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने जनाएको छ।
फागुन २८ गते पार्टीको जिम्मेवारीमा ब्यापक हेरफेर गरिएको र चैत ७ गते केन्द्रीय कमिटी बैठक डाकिएकाले यो चियापानलाई सोही बैठकको तयारीको रुपमा हेरिएको छ ।