शोक प्रस्ताव पारित गर्दै स्थगित भयो प्रतिनिधि सभा बैठक

होमल्याण्ड खबर

२०७७ चैत्र ३ गते, मंगलवार १३:२३ मा प्रकाशित

प्रतिनिधि सभाको आज (मंगलबार)को बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

संविधान सभाका सदस्य एवम् पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै मंगलबारको बैठक स्थगित भएको हो ।

मंगलबारको बैठकमा सभामुख सापकोटाले यादवको निधनमा शोक प्रस्ताव पेश गरेका थिए ।

शोक प्रस्ताव पारित भएपछि अर्को बैठक चैत ६ गते (शुक्रबार) दिनको १ बजे बस्ने गरी सभामुख सापकोटाले मंगलबारको बैठक स्थगित गरेका हुन् ।