४ मंसिर २०८१, मंगलवार
नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आफूनिकट सांसदहरूसँग छलफल गर्दैछन् ।
ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आफूनिकट सांसदहरूसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। बालुवाटारमा ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
उक्त बैठकमा सहभागी नहुने बताएका झलनाथ–माधव पक्षका सांसदहरूले बेग्लै बैठक गर्न लागेका हुन्।
अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिबाट गरेका निर्णय फिर्ता लिनुपर्ने झलनाथ–माधव पक्षले माग गरिरहेको छ।