सिंहदरबारबाटै फर्किए बालुवाटार हिँडेका नेपाल–खनाल समूहका सांसद

होमल्याण्ड खबर

२०७७ चैत्र ५ गते, बिहीबार १३:०० मा प्रकाशित

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदिय दलकाे बैठकमा जान हिँडेका नेपाल-खनाल समुहका केही सांसद सिंहदरबारबाटै फर्किएका छन् ।

माधवकुमार नेपाल र झलनाथ खनाल समूहका केही सांसद प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागिताका लागि हिँडेको भए पनि सिंहदरबारबाटै फर्किएका हुन् ।

ललितपुरको हेरिटेज पार्टी प्यालेसबाट स्थायी कमिटीका सदस्यबाहेकका सांसदहरु बालुवाटार जाने भनी हिँडेको भए पनि सिंहदरबारबाट फर्किएको सांसद गणेश पहाडीले जानकारी दिए ।

उनका अनुसार अब नेपाल समूहका कोही पनि सांसद बालुवाटारको बैठकमा सहभागी हुने छैनन् ।