४ मंसिर २०८१, मंगलवार
नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।
एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी ओलीले बोलाएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा सुरु भएको बैठक माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले भने बहिस्कार गरेको छ ।
खनाल–नेपाल पक्षका ४४ जना सांसद सहभागी नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
यसअघि आज ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन बालुवाटार हिँडेका नेपाल रखनाल पक्षका सांसदहरु बाटैबाट फर्किएका थिए।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेका सासंदहरुलाई नेपाल –खनालले फोन मार्फत पुनः ललितपुर बोलाएपछि सिंहदरबारबाटै फर्किएका थिए ।
नेपाल–खनाल पक्षले हिजाेबाट राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । यही समयमा ओलीले संसदीय दलको बैठक राखेपछि त्यो पक्षले बहिस्कार गरेको हो ।
ओलीले फागुन २८ गते पदाधिकारीको जिम्मेवारी खोस्ने र माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय कमिटीमा नियुक्ति गरेका थिए ।
ओलीले विधानविपरीत एकलौटी ढंगले निर्णय गरेको भन्दै नेपाल–खनाल समूह रुष्ट बनेको छ । सो समूहले उक्त निर्णय रद्द गरेर पार्टी २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढाउनुपर्ने माग समेत गरेको छ ।