पार्टीको निर्णय नमान्नेलाई कारबाही गर्ने एमाले संसदीय बैठकको निर्णय

होमल्याण्ड खबर

२०७७ चैत्र ५ गते, बिहीबार १३:५० मा प्रकाशित

नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न आग्रह गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गुटगत भेला नगर्न तथा पार्टीबाहेकअरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ ।

माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला जारी राखेका समयमा भएको संसदीय दल बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकले गुट भेलामा गएकाहरुलाई फर्किएर आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा मात्र सहभागी हुन समेत आग्रह गरेको छ ।

पार्टीको निर्णय नमान्नेहरुलाई दलले विधानानुसार स्पष्टीकरण सोध्ने र आवश्कयताअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

यता, आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ ।