प्रतिनिधिसभामा लोकसेवा आयोगकाे वार्षिक प्रतिवेदन पेश

होमल्याण्ड खबर

२०७७ चैत्र ६ गते, शुक्रबार १६:३६ मा प्रकाशित

प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो ।