माधवकुमार नेपाल समूहले युवासंघमा बनायाे समानान्तर कमिटी

होमल्याण्ड खबर

२०७७ चैत्र ८ गते, आईतवार १६:१६ मा प्रकाशित

नेकपा एमालेकाे माधव नेपाल पक्षीय युवासंघले नेतृत्व चयन गरेको छ। वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जनसंगठनहरुमा समानान्तर कमिटी बनाउन थालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गठन गरेको युवासंघको समानान्तर कमिटी बनाइएको हो।

नेपाल समूहले नरेशकुमार शाहीको नेतृत्वमा ५० सदस्यीय युवासंघ गठन गरेको छ। नेपाल समूहको युवासंघको वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी चयन भएका छन्। उपाध्यक्षमा आठ जना चयन भएका छन्।

महासचिवको जिम्मा दीपक जीएमले पाएको महासंघको उपमहासचिव पदमा आठ जनालाई जिम्मेवारी दिइएको छ।

सचिव पदमा २९ जनालाई जिम्मेवारी सुम्पिइएको छ।