४ मंसिर २०८१, मंगलवार
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसहित ४ जना शीर्ष नेताहरुलाई स्पष्टीकरणको पत्र काटिएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालका नाममा स्पष्टीकरण सोधिएको पत्र काटेका हुन् ।
चारै नेताका घरमा स्पष्टीकरण सोधिएको पत्र बुझाइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले नेपाल, रावल, पाण्डे र भुसालका नाममा स्पष्टीकरण सोध्ने निणर्य गरेको थियो ।
महासचिव पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ ३ दिनभित्र दिन भनिएको छ ।