४ मंसिर २०८१, मंगलवार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगाएको आरोपप्रति टिप्पणी गरेका छन् । सरकारलाई दिएको समर्थन कायमै राखेर गम्भीर आरोप लगाउने प्रचण्डको शैलीलाई थापाले लाजमर्दो राजनीतिको संज्ञा दिएका छन् ।
‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्रीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ, सामाजिक सञ्जालमा अध्यक्ष थापाले लेखेका छन्, ‘यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति’ जातीय विभेद उन्मूलन दिवसको दिन आइतबार एक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्रीलाई विदेशीको अगाडि लम्पसार परेको र उनलाई २०-२५ वर्षदेखि विदेशीले पालेको आरोप लगाएका थिए ।