५ मंसिर २०८१, बुधबार
नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षसँगको वार्तालाई निरन्तरता दिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका जसपाका नेताहरु वातालाई निरन्तरता दिन सहमत भएका हुन् । जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोका साथै शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार पुगेका थिए ।
वार्ताका क्रममा एमाले र जसपा कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको गृहकार्यबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका छन् । उनीहरुले मुद्दा मामिलाका सम्बन्धमा भएका गृहकार्यबारे जानकारी गराएका हुन् ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले जसपाको समर्थन लिने प्रयास गर्दै आएका छन् । त्यसका लागि दुबै पक्षबीच निरन्तर वार्ता भइरहेको भएपनि अहिलेसम्म पनि सहमति हुन सकेको छैन ।
जसपाले पहिला आफूहरुका माग सम्बोधन हुनुपर्ने र त्यसपछि मात्रै सत्ता समीकरणबारे निर्णय गर्ने जनाउँदै आएको छ।