५ मंसिर २०८१, बुधबार
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई आफूहरुको समर्थन नभएको बताएका छन् ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा उनले आफूहरुले प्रतिपक्षी पार्टीसँग छलफल गरेर परिस्थिति आँकलन गरिरहेको बताए ।
प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पाटी (जसपा) लाई सरकारलाई समर्थन गर्ने वा अविश्वासको प्रस्ताव राख्ने भन्ने विषयमा छिटो निर्णय लिन आग्रह गरेका छन् । उनले संसदलाई नियमित रुपमा सञ्चालन गर्नका लागि सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिनुपर्ने बताए ।
प्रवक्ता श्रेष्ठले केही दिनभित्रै स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए । साथै उनले राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक पनि छिट्टै बस्ने जानकारी दिए ।