गोकुल बाँस्कोटाको चुनौती : समर्थन फिर्ता लिएर सरकार ढलाउनुस्

होमल्याण्ड खबर

२०७७ चैत्र २३ गते, सोमबार १४:१७ मा प्रकाशित

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउन चेतावनी दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले नेकपा माओवादी केन्द्रले दोहोरो चरित्र देखाएको आरोप लगाए।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, सरकार एकदलीय वा दुई दलीय के बनाउने के गर्ने भन्न नसक्ने, अनि अहिलेको सरकारको कामचलाउ भन्ने?’ प्रतिनिधि सभा बैठकमा बोल्दै बाँस्कोटाले भने, ‘विश्वासको मत फिर्ता लिनुस् न, अर्को विषय सुरु हुन्छ, तर राजनीतिलाई बन्दी बनाउन हामी सक्दैनौं।’

अहिले अन्य दलले आफै अड्काउने र आफै पड्काउने गरेको र त्यसो गर्न नपाइने उनले बताए । सरकारको विकासको काम देखेर केहीको प्रेसर बढेको गोकुलले टिप्पणी गरे ।

उनले भने,’जनतचाले विकास चाहेका हुन्। आरोपमा मात्रै समय बर्बाद नगरौं। मेलम्चीको पानी आएको जनताले टुटी खोलेर पिउन थालिसके । विकास निर्माणका योजनाहरू देखेर काम अगाडि बढेको देखेर प्रेसर बढेको छ भने यो प्रेसर अझै बढ्नेवाला छ।’ उनले चुनावमा जानु प्रतिगन नहुने समेत बताए ।

‘जनताका बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ?’ उनले भने,’द्वन्द्वकालमा शाही शासनकालसँग छलफल गरेको अग्रगमन हो?’