५ मंसिर २०८१, बुधबार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । भोलि बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आगामी ३० गते सम्मका लागि स्थगित भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जरी गर्दै भोलिका लागि बोलाइएको बैठक चैत ३० गते २ बजे बस्नेगरी स्थगित भएको जानकारी गराएका छन् ।
आगामी बैठकमा १४ औँ महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ । यसअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको थियो ।