चुच्चे नक्शा कहाँ हरायो सरकारको जवाफ चाहियोः सासंद भुषाल

होमल्याण्ड खबर

२०७७ चैत्र ३० गते, सोमबार १५:३३ मा प्रकाशित

नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतमले राष्ट्रियता देखाउने सरकारले चुच्चे नक्शा कहाँ हरायो भन्दै प्रश्न गरेकी छिन् ।  प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले ससंदबाट बहुमतले पारित गरेको नेपालको नयाँ नक्सालाई सरकारले कार्यान्वयन नगरेको जिकिर गरिन् ।

गत २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई वितरण गरिएको पदकमा नयाँ नक्सा नराखिएको भन्दै त्यसको जिम्मेवारी सरकारले लिने कि नलिने भन्दै प्रश्न गरिन् ।

सरकारले यही सदनबाट नयाँ नक्शाका लागि सर्वसम्मतिले पारित भएको थियो । नक्शा पारितपछि संसदबाट कार्यन्वयनका लागि जोड दिएका थियौ । तर सरकारले संसदले दिएको निर्देशन पटकै पालना नगरेको धेरै उदहारण छन्  उनले भनिन् ,संसदबाट पारित नयाँ नक्शालाई सरकारले पाठ्यक्रममा समेत समाबेश गरेको छैन ।

राष्ट्रपतिले वितरण गरेको पदकमा नयाँ नक्सा नराखेर पुरानै नक्शा किन राख्यो भन्ने प्रश्नको जवाफ प्रधानमन्त्रीले संसदमा आएर दिनुपर्ने बताइन् ।

उनले सरकारले यस्तो  गम्भिर भूल किन गरेको यसको जिम्मेवारी सरकारले लिने कि नलिने भन्दै प्रश्न गरिन् । यस्तै उनले प्रधानमन्त्री ओलीले नेपालको विकास भइरहेको छ भनेर जनतामा भ्रम मात्रै सिर्जना गरेको आरोप लगाइन् ।