५ मंसिर २०८१, बुधबार
विपक्षीदलहरु नयाँ सरकार गठनका लागि गृहकार्यमा व्यस्त रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्रीका सचिवालयका अनुसार शनिबार ११ बजे बैठक बालुवाटारमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा आउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि निम्ता गरेका छन् । अध्यक्ष ओली आफैले दाहाललाई फोन गरेर निम्ता गरेका हुन।