नेपालगञ्जमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

होमल्याण्ड खबर

२०७८ बैशाख ८ गते, बुधबार १३:४२ मा प्रकाशित

बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज उपमहानगर क्षेत्रभरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म अत्यावश्यकबाहेक सबै प्रकारका सेवा निषेध गर्ने आदेश जारी भएको जानकारी दिए । कोरोना रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नु परेको प्रजिअ गेलालले बताए। लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ ।