एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

होमल्याण्ड खबर

२०७८ बैशाख १० गते, शुक्रबार १२:३३ मा प्रकाशित

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीको राजनीतिक तथा सांगठानिक प्रतिबेदन र माधव नेपाल पक्षलाई सोधेको स्पष्टिकरण र त्यसको जवाफबारे छलफल हुने बताइएको छ ।

सांगठनिक प्रतिबेदनअनुसार नेताहरूको कार्यविभाजनको समेत तयारी भएको छ । ओलीले आफू अनुकुलका नेताहरूलाई जिल्लामा इञ्चार्ज तोक्नेसमेत तयारी गरेको जनाइएको छ ।

केन्दीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले प्रतिवेदन तयार पारेको छ ।

यस्तै बैठकमा प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई सोधिएको स्पष्टीकरणको जवाफबारे पनि छलफल हुने बुझिएको छ ।

यही बैशाख ६ गते बसेको बैठकले वरिष्ठ नेता माधकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टिकरण सोधेको थियो ।