ईश्वर पोखरेलपछिको वरीयतामा ‘बादल’

होमल्याण्ड खबर

२०७८ बैशाख १० गते, शुक्रबार १४:०३ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटी गठन गरेका छन् । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गठन गरेको स्थायी कमिटीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलपछिको वरीयतामा राखिएको छ ।

स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल सदस्य रहेका छन् ।

कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपालसमूहका नेताहरुलाई भने राखिएको छैन ।