५ मंसिर २०८१, बुधबार
नेकपा एमाले अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।
ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेललगायतका नेताहरु छलफलमा सहभागी छन् ।
शीर्ष नेताहरुबीच छलफलका कारण आज बिहान १० बजेप्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक अझै सुरु भएको छैन ।
आजको महाधिवेशन आयोजक कमिटीको बैठकले नेता माधकुमार नेपाल पक्षलाई कारबाही गर्ने तयारी समेत गरेको नेताहरुले बताएका छन् ।
गत शुक्रबार मात्रै आयोजक कमिटीको पहिलो बैठक बसेको थियो । उक्त बैठकले पार्टीका नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सदस्यहरुलाई कुनै जिम्मेवारी दिइएको छैन । ओलीले नेपाल–खनाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गरेका थिए ।
दुई दिन नबित्दै बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।